single head

चौथो सस्करणको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न / उद्घाटन खेलमा सरस्वती निकेतन विजयी

single post top 1

गैँडाकोट । चौथो सस्करणको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । नवलपुरको गैँडाकोटको क्षेत्रीय रंगशालाको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा ४ खेल सम्पन्न भएका छन् ।

single p1

शुक्रबार  भएकोे उद्घाटन खेलमा सरस्वती निकेतनले विजयी सुरुवात गरेको छ । सरस्वती निकेतन स्कूलले शाइनिङ आवासिय माध्यमिक विद्यालयलाइ ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । सरस्वती निकेतनका लागि प्रदिप रानाभाटले २ गोल ,अशोक भट्टले १ गोल र शाइनिङ आवासिय मा.वि.का लक्ष्मण बिकले एक गोल गरेका थिए । सरस्वती निकेतनका प्रदिप रानाभाट प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

single p2

दोश्रो खेलमा नेपाल राष्ट्रिय शमशेर मावि विजयी भएको छ । कालिका नमुना मा वि लाइ सडेन डेथमा पराजित गरि नेपाल राष्ट्रिय शमशेर मावि विजयी भएको हो  । नेरास का प्रसन कुमाल  प्लेयर अफ दि म्याच घोषित  भएका थिए ।

यस्तै आज भएको तेस्रो खेलमा जनक नमुना माध्यमिक विद्यालय विजयी भएको छ । जनक नमुना माध्यमिक विद्यालयले वाल विकास इङ्लिस बोडिङ्ग स्कूल लाइ ३—०  को गोल अन्तरले विजयी भएको हो  । खेलमा जनक नमुना माविका आयुष थापा प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

यस्तै आज भएको चौथो खेलमा अक्सफोर्ड ईङलिस स्कुल विजयी भएको छ ।   गैंडाकोट नमुना इङ्लिस बोडिङ्ग स्कूललाइ ० का विरुद्ध १ गोल गरि अक्सफोर्ड ईङलिस स्कुल विजयी भएको हो ।  खेलमा मेक्सन थापा प्लेयर अफ दि म्याच घोषित भएको नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्धघाटन गर्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले खेल विकासका लागि आधारभुत तहदेखि खेलका बिभिन्न कार्यक्रम गर्नुपर्ने भएकाले यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख शान्ति कोइराला, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, खेलप्रेमी र सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार, दोस्रो हुने समूहलाई ३१ हजार, तृतीय हुने दुइवटा समूहलाई १६/१६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3