spot_img

Saturday, March 22, 2025

सुन र चाँदीको मूल्य बढ्यो / सुन प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार

माघ २४ काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।

  • -advertisement-

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार