spot_img

Sunday, June 14, 2026

सिमसार संरक्षणको चेतना जगाउन सहमति सँगै सामाजिक संघ संस्था

माघ २१,गैँडाकोट । आइतबार विश्व सिमसार दिवसको अवसरमा चितवनमा विभिन्न कार्यक्रम आयोजना भए ।

सामाजिक संघसंस्थाहरूको संयुक्त नेतृत्वमा सिमसार सम्बन्धी कार्यक्रम भएका छन् । भरतपुरको चौबिसकोठीदेखि नारायणी नदी किनारसम्म सचेतनामुलक पैरवी प्रदर्शनी, सिमसार संरक्षण सम्बन्धी फेस पेन्टिङ, नारायणी नदी किनारमा सरसफाई र पोस्टर प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ । अहिलेको समुदायलाई सिमसारको अवधारणा र महत्त्व बुझाउन सचेतनामूलक कार्यक्रमहरुको आवश्यकता समेत रहेको सिमसार संरक्षणको अभियानमा रहेको गैँडाकोटको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभएको छ ।

भरतपुर महानगरपालिकासँगको विशेष सहकार्यमा आयोजित कार्यक्रममा गैँडाकोटको सहमति संस्थाले आर्थिक सहयोग गरेको थियो । बेटर चितवन, वे ग्रुप नेपाल, ग्रीनल्याण्ड पब्लिक स्कूल, नेपाल मत्स्य समाज, CESS सप्तगण्डकी क्याम्पस, सरल नेपाल, NAFSA, IAAS नेपाल, NYCA चितवन, HBCS, FYACE लगायत विभिन्न संघसंस्थाहरुको साथ र सहयोग रहेको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख विसु कुँवरले सिमसारको महत्वको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम पश्चात् नारायणी नदी किनारबाट ९०० केजी प्लास्टिक जन्य फोहोर संकलन गरिएको सहमति संस्थाका खेमराज खनालले जानकारी दिनुभयो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :