spot_img

Thursday, May 14, 2026

विकू बचतले ,तनहुँ कालिका बचतलाइ संस्थागत विकास तथा क्षमता अभिबृद्धिमा सघाउने

माघ १८ ,गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट र तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच संस्थागत विकास तथा क्षमता अभिबृद्धिको लागि हस्ताक्षर भएको छ ।

विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति–उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसायिकता विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर भएको विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले बताउनुभयो ।

नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो “विकूले जस्तो अपनत्व र अभिभावकत्व लिएर संस्थाहरु अगाडी बढे समस्या हुँदैन” । नवलपुरको विकू र तनहुँको तनहुँकालिका साकोसबीचको सहकार्यले वित्तीय अवस्थामात्र नभइ  दुबै स्थानको समाज, संस्कृति र भूगोलको अनुभवलाई नयाँ रुप पाएको बताउनुभयो । सहकारीको क्षेत्रमा फरक र राम्रो अभ्यासको थालनी भएको केन्द्रीय अध्यक्ष ढकालले बताउनुभयो । विकू साकोसबाट नेफ्स्कुनले पनि धेरै कुरा सिकेर अगाडी बढेको समेत बताउनुभयो ।

विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूले सहकारी जन्माउने मात्र काम नगरी हुर्काउने र बढाउने पनि भूमिका खेल्ने बताउनुभएको छ । साना–साना काम गरेरै नै ठुलो सफलता हासिल गर्न सकिने हुँदा अनुशासित भएर संस्थालाई अगाडी बढाउँदा सफलता र सदस्यको विश्वास जित्न सकिने उहाँको भनाइ छ ।

यस्तै तनहुँ कालिका साकोसका अध्यक्ष माधव न्यौपानेले यो विश्वासका साथ भएको सहकार्यबाट धेरै कुरा सिक्न सकिने र मार्ग निर्देशन पाउने बताउनुभयो । उहाँले विकूजस्तै राम्रो छाप समुदायमा छोड्ने गरी काम गर्ने पनि उहाँको भनाई छ ।

कार्यक्रममा  विकू साकोसका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला, नवलपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, नेफ्स्कुनका कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, विकूका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, सहकारी समन्वय मञ्च गैँडाकोटका संयोजक बाबुराम खनालले विकू सहकारी, समग्र सहकारीको विद्यालय भएको बताएका थिए ।

विकूले सहकारीलाई फरक र अनुशासित माध्यम सँगै नीति, बिधि र पद्धतिबाट अगाडी बढ्न सिकाएको र सबै सहकारी यही अभ्यासबाट अघि बढ्न सके सदस्यको विश्वास जित्न सक्ने उनिहरुको धारणा छ । सरोकारवालाहरुले विकू सहकारीको पाठशाला मात्र नभएर नियामक निकायको पनि पाठशाला जस्तै बनेको बताएका थिए ।

विकू साकोसका सचिव गोविन्द कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।

वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :