spot_img

Saturday, February 14, 2026

अमला बाट हामीलाई के के फाइदा हुन्छ  ? 

काठमाडौं । अमलामा धेरै पौष्टिक हुन्छ । यसलाई एन्टिअक्सिडेन्टको कारण सौन्दर्यको सामग्रीमा धेरै प्रयोग गरिन्छ । यसलाई आयुर्वेदिक औषधिको रूपमा छाला र कपालको स्वास्थ्यमा सुधार गर्न प्रयोग गरिन्छ । अमलामा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रक्रिया राम्रो राख्न मद्दत गर्छ । त्यसैले अमलाको सेवनले पेटसम्बन्धी समस्या हटाउँछ ।

अमला बाट हामीलाई के के फाइदा हुन्छ  ? 

मधुमेह नियन्त्रण  : अमलामा क्रोमियम हुन्छ, जसले मधुमेहको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

तौल घटाउन मद्दत : तौल कम गर्न काँचो अमला खानुहोस् । साथै, अमलाको धुलोलाई मह र मनतातो पानीसँग पिउनुहोस् । केही दिनमै फरक देखिन थाल्नेछ ।

महिनावारी नियमित राख्छ : अमलामा पाइने खनिज र भिटामिनहरूले महिनावारीको समयमा हुने पीडाबाट राहत दिन र मासिक धर्मलाई नियमित गर्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : अमलामा भिटामिन–सी प्रशस्त मात्रामा पाइने हुनाले यसलाई प्राकृतिक रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने मानिन्छ ।

मुटु सम्बन्धी समस्याबाट राहत : अमलाको धुलोले मुटुको मांसपेशीहरूलाई बलियो बनाउँछ । यसले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।

भोक बढाउँछ :महसँग अमलाको धुलो मिसाएर सेवन गर्नाले भोक बढ्छ । अमला ज्वरो, अपच, रक्तअल्पता (एनिमिया)का लागि पनि फाइदाजनक हुन्छ ।

रगत सफा गर्छ : अमलाले प्राकृतिक रूपमा रगत सफा गर्छ । अमलाले कोलाजेन बढाउन पनि मद्दत गर्छ, जसले छालालाई जवान राख्छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :