“फेशन अनप्लग्ड” को विशेष शो हुने

krishi top

भरतपुर । चितवनमा अन्तर्राष्ट्रिय स्तरको फेशनसँग सम्बन्धित “फेशन अनप्लग्ड” को विशेष शो हुने भएको छ ।

उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.र नेपाल डायरिज प्रा.लि.को संयुक्त आयोजनामा पौष २७ गते शनिबार भरतपुर–१२, चितवनस्थित स्मार्ट गार्डेन एण्ड रेष्टुरेण्ट को प्राङ्गणमा कार्यक्रम हुने आयोजकले जनाएको छ । चर्चित तथा लोकप्रिय गायिका एलिना चौहान मुख्य आकर्षणको रुपमा रहने कार्यक्रममा राष्ट्रियस्तरका ख्याती प्राप्त फेशन डिजाइनर अमित बरालको साथमा आवर क्लोसेट ब्राण्डबाट डिजाइन कलेक्सन र नाड व्याण्डको लाइभ म्युजिकसँगै चर्चित मोडलहरुले रनवेमा आफ्नो जादुमय प्रस्तुति दिनेछन् ।

Article Inline 2

कार्यक्रममा आशिक ताम्राकार, विकल्पराज श्रेष्ठ, चन्दन विश्वकर्मा, आयुष्मा श्रेष्ठ, सबिन मगर, दिव्या रानाभाट, विपन श्रेष्ठ लगायतका चर्चित मोडलहरुको समेत सहभागिता रहने छन् । कार्यक्रममा सिनियर फेशन कोरियोग्राफर प्रज्ञा तिवारीले टे«निङ्ग गराउनु भएको छ ।

कार्यक्रमको लागि सहयोगी संस्थाको रुपमा दिप केयर फाउण्डशेन नेपाल, दुईप्राङग्रे साधन पार्टनरमा यामाहा, प्रोडक्सन पार्टनरमा शुभ वेइडिङ्ग, मेकअप पार्टनरमा आरती आर्टिस्ट्री, पब्लिसिटी डिजाइनरमा डब्लु थ्री डेभलपर्स, हस्पिटालिटी पार्टनरमा होटल जमघट, इन्टरनेट पार्टनरमा टेकमाइण्ड नेटवर्क रहेको उज्यालो टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :