spot_img

Monday, January 6, 2025

कांग्रेससँगको सत्ता सहकार्यसँगै अर्थतन्त्रमा सुधार र राजनीतिक स्थायित्वको यात्रामा देश अघि बढेको छ- प्रधानमन्त्री

 पुस २२ ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक स्थायित्वको सन्देश दिएको बताउनुभएको छ ।

एमाले मुख्यालय च्यासलमा आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेससँगको सत्ता सहकार्यसँगै अर्थतन्त्रमा सुधार र राजनीतिक स्थायित्वको यात्रामा देश अघि बढेको बताउनुभएको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

प्रधानमन्त्री ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति बलियो भएका कारण मुलुकका प्रतिक्रियावादी आतङ्कित भएको बताउनुभयो । उहाँले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गर्नुभयो । उहाँले एमालेको लोकप्रियता देखेर त्यसलाई घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीको सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी विरोधीका आरोपमाथि चुप लागेर बस्न हुँदैन । चुप लागेर बस्नु पर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नु पर्छ । हाम्रा सबै सङ्गठन उत्साहित हुन जरुरी छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनु पर्छ । पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नै पर्छ ।”

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार