spot_img

Tuesday, January 21, 2025

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) : कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दै

पुस ४, काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ।

फाइनल प्रवेशका लागि आज  कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो । कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ ।  लिगको फाइनल खेल शनिवार मध्यान्ह १२ बजे हुनेछ ।

 

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार