spot_img

Saturday, March 22, 2025

नेपाल प्रिमियर लिग : चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायरमा प्रवेश

पुस ३,काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिगको क्वालिफायरमा प्रवेश गरेको छ ।

एलिमिनेटरमा चितवनलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायर २ मा प्रवेश गरेको हो ।
१ सय ७५ रनको बलियो लक्ष्य पछ्याएको चितवन राईनोजले ९ विकेट गुमाएर १ सय ५४ रन मात्रै बनाउन सक्यो  ।

  • -advertisement-

चितवनका लागि रवि बोपाराले सघर्ष गर्दै ३४ बलमा ५३ रन बनाए पनि हार टार्न सकेनन् । उनले चार छक्का हाने । त्यस्तै कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, ल्युक बेनकेस्टिनले १६ रनको योगदान गरे । कर्णालीका लागि जिशन मक्सुदले २, सोमपाल कामी र नन्दन यादवले समान २ र विपिन शर्माले एक विकेट लिए ।

यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । उसका लागि जयकिशन कोल्सावाल र  विलियम वसिस्टो र अर्धशतक बनाए ।  चादविक वाल्टन २३ बलमा आक्रामक ४६ रन बनाउँदै नटआउट रहे ।  उनले तीन छक्का र चार चौका हाने । यस्तै जयकिशन कोल्सावालाले ३९ बलमा ५३ र वसिस्टोले ३९ बलमा ५२ रन बनाए ।

चितवनका लागि सोहेल तनवीरले २, कुशल मल्ल,रवि बोपारा र शरद भेषावकरले समान एक विकेट लिए ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार