नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखामा कार्यसमिति निर्विरोध निर्वाचित

banner 2

मङ्सिर २६ काठमाडौँ । नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखा प्रतिष्ठानमा भुषण पोखरेल निर्विरोध अध्यक्ष बन्नुभएको छ। प्रतिष्ठानको मनोनयनमा एकल उम्मेदवारी परेपछि पोखरेलसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

उपाध्यक्षमा चन्दा विष्ट अधिकारी, महिला उपाध्यक्षमा सरिता खनाल, सचिवमा अर्जुन सापकोटा, सहसचिवमा सुमन बस्नेत, समावेशी सहसचिवमा वेगबहादुर पुलामी र कोषाध्यक्षमा रमाकुमारी पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो।

Article Inline 2

त्यसैगरी खुला सदस्यमा मोअल्लिम अन्सारी, मुकेशकुमार मिश्र, बलराम कोइराला, हेमन्त राज उप्रेती, महिला सदस्यमा राधिका ओझा, मधेशी सदस्यमा मनोजकुमार शाह र अन्य समावेशी सदस्यमा सितु मानन्धर निर्विरोध हुनुभयो।

केन्द्रीय परिषद् सदस्यमा गोकर्ण रेग्मी र किरण अर्याल, प्रदेश परिषद् सदस्यमा रमिता यादव हुनुहुन्छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :