single head

चितवन राइनोजद्धारा जर्सी, मस्कट र एन्थेम सार्वजनिक

single post top 1

मङ्सिर ३ ,चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको एउटा टिम चितवन राइनोजले सोमबार भरतपुरमा एक कार्यक्रमबिच जर्सी, मस्कट र एन्थेम सार्वजनिक गरेको छ ।

single p1

सोमबार साँझ आयोजित कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरकी मेयर रेनु दाहालले चितवन राइनोजलाई जितको लागि शुभकामना दिइन् । उनले भनिन्, ‘भरतपुर महानगर यो टिमको साथमा छ । चितवन राइनोजलाई अभिभावकत्व प्रदान गर्नेछौँ । ’मेयर दाहालले एनपीएलमा चितवन राइनोजको सशक्त उपस्थिति रहनेमा आफू विश्वस्त रहेको बताइन् ।

single p2

चितवन राइनोज क्लब प्रा. लि. का अध्यक्ष आयुष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्दै खेलाडी कुशल मल्लले खेल मैदानमा राम्रो नतिजा दिन आफूहरू प्रयासरत रहने प्रतिबध्दता जनाए ।

सोमबार साँझ आयोजित एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, मार्की खेलाडी कुशल मल्लसहितका खेलाडीहरूले जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गरेका हुन् ।

यस्तै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताए । उनले चितवनको माकी खेलाडी कुशल मल्लले आफ्नो टिम जित्नका लागि मैदान उत्रने हुँदा ढुक्क भएर टिमको हौसला बढाउन आग्रह गरे ।

यो टिममा कुशल मल्ल, अमर सिंह रौतेला, विपिन रावल, दिपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमल सिंह ऐरी, रञ्जित कुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्।

टिमले विदेशी खेलाडीहरु रवि बोपरा, मर्साँ डी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3