spot_img

Wednesday, December 4, 2024

आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई १६५ रनले हरायो

कात्तिक २७ ,काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले हराएको छ ।

कप्तान पूजा महतोको शानदार अलराउण्ड प्रदर्शनमा नेपालले विशाल  जित हासिल गरेको हो । पहिले ब्याटिङ गरी २१३ रन बनाएको नेपालले कुवेतलाई ४८ रनमै रनमा अलआउट गर्‍यो ।
कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
कुवेतलाई सस्तैमा सीमित गर्न नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । रचना कुमारी र सीमाना केसीले दुई-दुई विकेट लिए ।

  • -advertisement-
  • -advertisement-

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । नेपालकी कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्रि धामी ११ र  सान प्रविनले ६ रन जोडे ।

कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एकरएक विकेट लिए ।प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार