single head

एक दिवसीय अभ्यास खेलमा नेपाल अमेरिका ‘ए’ सँग ४ विकेटले पराजित

single post top 1

कात्तिक ७ ,काठमाडौँ । अमेरिकामा तीन खेलको टी–२० आई सिरिज क्लीन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय अभ्यास खेलमा भने पराजित भएको छ।

single p1

बुधबार बिहान सकिएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको ८२ रनको झिनो लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। अमेरिका ‘ए’ को जितमा नितिश रेड्डीले सर्वाधिक २९ बनाए। राहुल जरिवालले २६ रन थपे। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट आफ्नो नाममा गरे।

single p2

त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली २५.२ ओभरमा ८१ रनमा अलआउट भयो। नेपालका लागि कुशल मल्लले ४८ बलमा १८, देव खनालले १२ तथा भीम सार्कीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसम्मिलित टोलीसँग नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज शुक्रबारदेखि सुरु हुनेछ।

सिरिजको तयारीका लागि नेपालले घरेलु टोलीसँग सिरिज र अभ्यास खेल खेलिरहेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3