spot_img

Sunday, October 26, 2025

रवि लामिछानेका समर्थकले चितवनमा गरे प्रदर्शन

कार्तिक ५, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले चितवनमा सोमबार प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा रास्वपाका कार्यकर्ताले वर्तमान सरकारको दाहसंस्कार नै गरेका छन् ।

भरतपुरको चौबीसकोठीबाट सुरु भएको प्रदर्शनमा सांकेतिकरुपमा सरकारको शव बोकेर नारायणी नदीको मुलमाथिबाट नदीमा फालेर बगाइदिएका हुन्।

सहकारी ठगीको आरोपमा रवि लामिछानेलाई फसाएर वास्तविक सहकारी ठगलाई उन्मुक्ति दिने काम वर्तमान सरकारबाट भएको उनीहरुको आरोप छ।

सरकार मरेकोले रास्वपाले दाहसंस्कार गरेको रास्वपा चितवनका सभापति कृष्ण भुसालले बताए। निर्दोष व्यक्तिलाई फसाएर वास्तविक ठगलाई जोगाउने काममा सरकार लागेकोले सांकेतिकरुपमा विरोध प्रदर्शन गरेको उनको भनाइ छ। सरकारले गलत कदम चालेको हुँदा पछि नहटे रास्वपाले सडक संघर्ष गर्न पनि पछि नपर्ने उनले चेतावनी दिए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :