single head

नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनायो

single post top 1

कात्तिक ४,काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्मकै उच्च हो ।

single p2

यसअघि गत शुक्रबार  एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको हो ।

आज चाँदीको मूल्यले पनि ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य यो हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3