असार ०१, काठमाडौं । उत्कृष्ट बलिङ गर्दै नेपालले आइसिसी टी २० विश्वकपको महत्वपूर्ण खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको छ । जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ।
कुशल भुर्ते, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १ सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले चार, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।
कमेन्ट :