single head

प्रतिनिधि सभा बैठक: कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत संहार गर्न सांसदहरुको माग

single post top 1
pradesh side 2

 जेठ ३०,काठमाडौँ ।  प्रतिनिधि सभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत संहार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।

single p1

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताउनुभयो । आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए ।

Article Inline 2

सांसद रानाले पुल तुरुन्तै मर्मत संहार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ”, उहाँले भन्नुभयो, “होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ । कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् ।”  रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

[sprasasocial]

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3