single head

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै

single post top 1

 जेठ २८,काठमाडौँ। भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

single p1

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार दिउँसो भारत प्रस्थान गर्नुभएका उहाँले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्ता  गर्नुभएको छ । भेटमा उहाँहरूबिच नेपाल–भारतबिच रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

single p2

प्रधानमन्त्री दाहालसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी हुनुहुन्छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3