single head

चलचित्र ‘ह्रस्व दीर्घ’ असोज ३ गते रिलिज हुने

single post top 1

काठमाडौँ। आगामी असोज ११ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को रिलिज एक हप्ता अगाडि सरेको छ। अब यो चलचित्र  असोज ३ गते संविधान दिवसको दिन रिलिज हुने भएको छ।

single p1

निर्माता निता ढुङ्गानाले विभिन्न पक्षहरूलाई मध्यनजर गर्दै रिलिज अगाडी सारेकी हुन्।असोज ११ गते आउँदा त्यसको अर्को हप्तादेखि दसैँका दुई चलचित्रहरू छक्का पन्जा ५’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्न सक्थ्यो र असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुई वटा बिदा पाइन्छ। बिदामा चलचित्र रिलिज गर्दा हलमा व्यापारको आँकडा ह्वात्तै बढ्छ। त्यस कारण पनि बिदा खोजिएको अनुमान गर्न सकिन्छ।

single p2

द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेको यस चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको अभिनय रहेको छ। नेपालबाट निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा लगायतको अभिनय छ भने साउथबाट ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3