single head

संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन

single post top 1

जेठ ८, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।

single p1

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।

single p2

कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् । कार्यदलमा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने, सुन्ने काम भयो र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भयो ।’

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् ।

गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3