गैंडाकोट नगरपालिकाले निशुल्क स्वास्थ बिमा गराउने

arthik side 2

चैत ०३ ,गैडाकोट । गैंडाकोट नगरपालिकाले नगरभित्र रहेका सामान्य अपाङ्ग “ग” बर्गका लाईसमेत निशुल्क स्वास्थ बिमा गराउने र उक्त कार्यक्रमलाई अझै प्रभाबकारी बनाउने भएको छ ।

जिल्लामा २०७७ सालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभाबकारी बनाउन स्वास्थ बिमा दर्ता अधिकारी र दर्तासहयोगी हरूसँग अन्तरक्रिया एवं छलफल कार्यक्रम नगरपालिका उप-मेयर तथा अपाङ्गता परिचय-पत्र समन्वयन समिती संयोजक शान्ति कोइरालाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कोइरालाले गैंडाकोट राजपत्रमा “ग” वर्गका अपाङ्गता भएका ब्याक्तिको स्वास्थ्य बिमा गर्ने सम्बन्धि कार्यविधि २०८० अनुसारनै यो कार्यक्रम अघि बढाइएको र नगरभित्रका अति गरिब हरुलाइ समेत उक्त सेवा दिने तयारी भएको भएपनी नेपाल सरकारले गरिबीको परिचयपत्र नवलपुरमा जारी नगरेकाले बिमामा आवद्ध गराउन नसकेको बताइन । स्वास्थ्य बिमा जिल्ला संयोजक धुर्व बोगटीले “नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा प्रत्याभुत गरेसँगै स्वास्थ्य सेवामा राज्यको नागरिकप्रतिको दायित्व झनै  बढेर गएको र राज्यले आफ्ना सम्पूर्ण नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य राखेकाले हरेक नागरिकलाई बिमामा आवद्ध गराउने प्रमुख जिम्मेवार भने दर्ता सहयोगीको हुने भएकाले हरेक परिवार सम्म पुग्न आग्रह गरे ।

Article Inline 2

नगर अधिकृत देबेन्द्र गौतमले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वास्थ्य बीमा कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउँदै दर्ता सहयोगी हरूको उत्प्रेरणाका लागि नगरबाट आवश्यक सहयोगका लागी प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नगसभरका वडा दर्ता सहयोगी, नगरका कर्मचारी तथा जनप्रतिनिधि हरुको सहभागीता रहेको थियो । महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख सीता लामिछानेको सहजीकरणमा उक्त कार्यक्रम भएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :