single head

सुन र चाँदीको मूल्य वृद्धि / सुन प्रतितोला एक लाख २५ हजार आठ सयमा कारोवार

single post top 1

चैत १, काठमाडौँ ।  नेपाली बजारमा बिहिवार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिवार छापावाल सुनको मूल्य प्रतितोला रु. आठ सय बढेर प्रतितोला रु. एक लाख २५ हजार आठ सय  कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार थियो ।

single p1

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु. आठ सयले वृद्धि भई प्रतितोला रु. एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु. एक लाख २४ हजार चार सय थियो ।

single p2

चाँदीको पनि प्रतितोला रु. ५० ले वृद्धि भई प्रतितोला रु. एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3