spot_img

Wednesday, February 5, 2025

नेपाली आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद गैडाकोट अन्तर्गत भू.पू सैनिक,युवा महासंघ र महिला युवा महासंघ गठन

फाल्गुण २०,गैडाकोट । नेपाली आदिवासी जनजाती महासंघ  नगर समन्वय परिषद गैडाकोट अन्तर्गत भू.पू. सैनिक,युवा महासंघ र महिला महासंघ गठन गरिएको छ । नेपाल मगर संघ, गैडाकोट ३ तात्रीवासमा शनिवार भएको कार्यक्रममा तमु हुल छोज धी गुरूङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य रूद्र बहादुर गुरूङको प्रमूख आतिथ्यमा रहेको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथी गुरूङले सम्पूर्ण जनजाती एक भएर हक अधिकारको लागि निरन्तर लागी रहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न जनजाती संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । १७ जनजाती आबद्ध रहेको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदमा यी तीनवटा संस्थाको निर्वाचनको संयोजकमा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरूङ रहनु भएको थियो । कार्यक्रममा निर्वाचन पश्चात नव निर्वाचित अध्यक्षहरूले आ आफ्नो प्रतिबद्धता जनाउनु भएको थियो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

नेपाल आदिवासी जनजाती महिला महासंघ नगर समन्वय परिषद गैडाकोटको अध्यक्षमा सीता श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा गीता गुरूङ , सचिवमा शर्मीला श्रेष्ठ , कोषाध्यक्षमा हिरा गुरूङ र सह सचिवमा तिलकुमारी महत्तो चयन हुनुभएको थियो । त्यस्तै सदस्यमा सुस्मीता दराई, नरमाया आले, लक्ष्मी कुमाल र तीलकुमार महत्तो रहनु भएको छ ।

त्यस्तै नेपाल आदिवासी जनजाती युवा महासंघ नगर समन्वय परिषद गैडाकोटको अध्यक्षमा दुर्गा बहादुर राना चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा मोहित गुरूङ , सचिवमा फूल बहादुर लामा, कोषाध्यक्षमा दिपक भुजेल र सह सचिवमा देव महत्तो चयन हुनुभएको थियो । त्यस्तै सदस्यमा आकाश गुरूङ, अनुज श्रेष्ठ र रविन कुमाल रहनु भएको छ ।

त्यस्तै नेपाल आदिवासी जनजाती भू.पू. सैनिक महासंघ नगर समन्वय परिषद गैडाकोटको अध्यक्षमा लक्ष्मी चौधरी चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा काजीमान श्रेष्ठ , कोषाध्यक्षमा कमल थापा मगर र सह सचिवमा ललित वाइवा चयन हुनुभएको थियो । त्यस्तै सदस्यमा मान बहादुर थापा र टेकबहादुर गुरूङ,रहनु भएको छ । बाकि रहेका पदहरु निर्वाचित समितिले टुङग्याउने निर्वाचन संयोजकले जानकारी दिनुभएको थियो । नरबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्तोष श्रेष्ठले गर्नुभएको थियो ।

 

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार