single head

लक्ष्मीवैकुण्ठनाथ नव मन्दिरको प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव हुदै

single post top 1

माघ २६,भरतपुर ।   भरतपुर ४ लंकु, धर्मचोकमा अद्भुत कलाकृतिपूर्ण दिव्य मन्दिर निमार्ण भइरहेको छ । श्री लक्ष्मीवैकुण्ठनाथ नव मन्दिरको प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० यहीँ फागुन २ गते हुदै छ । महामहोत्सव फागुन १० गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

single p1

शुक्रबार पत्रकार सम्मेलन गर्दै पीठाधीश स्वामी जगन्नाथाचार्यका अनुसार २०७४ सालमा शिलान्यास गरिएको मन्दिर निमार्ण कार्यलाई सम्पन्न गर्न २०७७ सालमा पनि महायज्ञ गरिएको थियो । हाल यसको निमार्ण कार्य पुरा भएको उहाँको भनाई छ । फागुन २ भगवानलाई स्वागत गर्ने दिन भएकाले पनि यसदिन लाई बिषेश बनाइने जनाइएको छ ।

single p2

प्राणप्रतिष्ठा सम्पादन मूल समितिका संयोजक कमलनयन कँडेलले प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव महायज्ञमा देश –विदेशका साधुसन्त, धर्माचार्य, विशिष्ट विद्वान्, शिक्षाविद्हरूको दैनिक प्रवचन, चार वेद, वेदाङ्ग, १८ पुराण, रामायण, महाभारत आदि अष्टादश विद्याग्रन्थहरूको पाठ–पारायणका साथ लक्ष्मीनारायण पुष्पयाग, पञ्चकुण्डीय विष्णुयाग आदि विशेष अनुष्ठान, भक्तिसंगीत, लीला÷झाँकी प्रदर्शन हुने जानकारी दिनुभयो ।

मन्दिर निमार्णमा हालसम्म ४ करोड ९० लाख ५ हजार ७ सय ६ रुपैँया आम्दानी र खर्च ४ करोड ८१ लाख १९ हजार  ८ सय ११ रुँपैया रहेको मूल आयोजक समितिले जनाएको छ ।

कार्यक्रमअन्तर्गत फागुन १ गते दिउसो १ बजे मोटरसाइकल तथा गाडी र्याली ,फागुन २ गते बिहान १०ः३० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक , जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ॐकार झण्डासहितको शोभा–कलशयात्रा तथा दिउसो २ बजे समुद्घाटन हुने आयोजक समितिले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3