spot_img

Monday, March 24, 2025

१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम / हात पार्‍यो १५ स्वर्ण पदक

चितवन ।  १६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो ।

भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६-६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पार्‍यो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भयो । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जित्यो । प्रथम भएको भरतपुरले थप १७ कास्य जित्यो ।

प्रतियोगितामा खैरहनी नगरपालिका १५ स्वर्णसहित दोस्रो भएको छ । समान १५ स्वर्ण जिते पनि रजत पदकका आधारमा खैरहनीले दोस्रो स्थानमा चित्ता बुझायो । खैरहनीले तेक्वान्दोमा ८ तथा एथलेटिक्समा ७ स्वर्ण जित्यो । उसले १५ स्वर्णसहित १३ रजत र समान कास्य जित्यो । खैरहनीले तेक्वान्दोमा ९ एथलेटिक्समा ४ रजत जित्दा तेक्वान्दो र एथलेटिक्समा समान ५-५ तथा भलिबलमा १ र कबड्डीमा २ कास्य हात पार्‍यो ।

१० स्वर्ण जितेको कालिका नगरपालिका तेस्रो भयो । कालिकाले कराँँतेमा ६ तथा एथलेटिक्समा ४ स्वर्ण जित्यो। यस्तै उसले एथलेटिक्समा ३ र कराँँतेमा २ गरि ५ रजत तथा कराँँतेमा ९ र एथलेटिक्समा ४ गरि १३ कास्य हात पार्‍यो ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए । प्रतियोगिताबाट माघमा हुने राष्ट्रपति रनिङ शिल्डका लागि चितवनको खेलाडी छनौट हुने समितिका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार