पुष २८ ,गैँडाकोट । निशुल्क आँखा शिविरमा ९ जनालाई मोतियाबिन्दु देखिएको छ । लायन्स क्लब अफ गैँडाकोटको आयोजना तथा भरतपुर आखाँ अस्पतालको प्राविधिक सहयोगमा शनिवार गैँडाकोट ३ ढोडेनीमा भएको शिविरमा १५० जनाले आँखा परिक्षण गरेका छन् ।
आँखा परिक्षण गरेका मध्ये ९ जनामा मोतियाबिन्दुको समस्या देखिएका र यसको अप्रेसन लायन्स क्लबले नै गरिदिने लायन्स क्लब अफ गैँडाकोटका पूर्व अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । शिविरमा ६० जनालाई चस्मा वितरण गरिएको थियो ।
श्रीकृष्ण गण्डकी मा.वीको प्राङगढमा भएको कार्यक्रममा भरतपुर आखाँ अस्पतालका डाक्टर रमेश घिमिरे र डाक्टर सुदिन सापकोटाले आँखाको परिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी रहनुभएको थियो । आइतबार भने बच्चाको आँखाको परिक्षण गरिने आयोजक संस्थाले जनाएको छ ।
कमेन्ट :