spot_img

Wednesday, August 20, 2025

गैँडाकोट नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ बिकु पूर्ण सदस्य वडा घोषणा

गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ लाई बिकु पूर्ण सदस्य वडा घोषणा गरिएको छ । गैंडाकोट वडा नम्बर १२ कृष्ण मन्दिरको प्राङगढमा सोमबार भएको कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर १० देखि १३ नम्बर वडासम्म विकू बचत तथा ऋण सहकारीले पूर्ण सदस्य वडा घोषणा गरेको छ ।
विकूले दुई वर्ष अघि भदौ २ गते गैँडाकोट ९ लाई पूर्ण सदस्य वडा घोषणा गरेको थियो भने गत बर्ष फागुन २५ मध्यविन्दु वडा नम्बर १ लाई पनि पूर्ण सदस्य वडा घोषणा गरेको थिया। अहिले सोमबार गैँडाकोट वडा नम्बर १०, ११, १२ र १३ वडालाई पूर्ण सदस्य वडा घोषणा गरेको छ । वडाका करिब ९५ दशमलब ४९ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकाले पूर्ण सहकारी वडा घोषणा गरिएको हो ।
कार्यक्रममा गैँडाकोट १० देखि १३ सम्मका चार वटा वडाका वडा अध्यक्ष र सस्थाका अध्यक्ष बिच बिकु पूर्ण सदस्य वडा घोषणा समझदारि पत्र एक अर्कालाई हस्तान्तरण गरिएको थियो ।


गैँडाकोट १० देखि १३ नम्बर वडामा ३ हजार ९ सय ५२ घरधूरी रहेका छन् । जसमध्ये ३ हजार ७ सय ७४ घरधूरी विकू सहकारीमा आवद्ध रहेका छन् । अब यस क्षेत्रका १७८ घरपरिवार विकूमा आवद्ध हुन बाँकी रहेको छ ।

गैँडाकोट १० मा ९६ दशमलब ०८ प्रतिशत, गैँडाकोट ११ मा ९६ दशमलब ५९ प्रतिशत, गैँडाकोट १२ मा ९८ दशमलब ०१ प्रतिशत र गैँडाकोट १३ मा ९२ दशमलब ४२ प्रतिशत घरधुरी विकूमा जोडिएका छन्


गैँडाकोट १० का वडा अध्यक्ष देवीदत्त कंडेल, ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, १२ का वडा अध्यक्ष चक्रपाणि कंडेल, १३ का वडा अध्यक्ष मधुकर मल्लले सहअस्तित्व, सहकार्य, सहलगानी नै सहकारी भएकाले वडाको तर्फबाट विकू सहकारीसँग हुन सक्ने सहकार्य र सहयोगका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक, आर्थिक क्षेत्रमा विकुले निकै फड्को मारेको बताउनुभयो। अध्यक्ष सापकोटाले भन्नुभयो “बिकु बचत अहिले यति ठूलो भइसकेको छ र सबैले सदस्यहरूको हक हितको लागि कटिबद्ध भएको पनि बताउनुभयो ।

बिकु बचत तथा ऋण सहकारी संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदीले जल, जमिन र जंगल मिलेर बसेको सुन्दर ठाउँमा बिकु पूर्ण सदस्य वडा घोषणागनृ पाउदा निकै खुसी लागेको बताउनुभयो । संयोजक सुवेदीले सबै सदस्यलाई सुखी र खुशी बनाउने उद्देश्यका साथ सदस्यहरुलाई सम्मान गर्दा निकै खुसी लाग्ने बताउनुभयो । सुवेदीले सेयर सदस्य प्रकृति नेचर हुन उनीहरूलाई विचलित हुन नदिने संस्थाको ध्येय रहेको बताउनुभयो।

संस्थाका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले म विकुको सदस्य हुँ भन्दा निकै गौरव लाग्ने बताउनुभयो। निवर्तमान अध्यक्ष सापकोटाले विधि, नीति र पद्धतिले चलेको संस्था कहिले पनि तल झर्न पर्दैन सधैँ अगाडि नै बढ्ने बताउनुभयो। सापकोटाले भन्नुभयो “ साविक मुकुन्दपुर गाविस दुग्ध उत्पादनको पकेट क्षेत्र रहेको छ, दुधको बजार छैन भने हामीले बजार खोजौं र हामीले त्यसलाई बेच्न सक्छौं र व्यापारको सुरुवात गरौं । पैसाको खाँचो छैन विचारको मात्रै खाँचो रहेको छ । बिकु बचतका सेयर सदस्यको प्रगति नै बिकुको प्रगति भएको सापकोटाले बताउनुभयो।

संस्थाका सस्थाका पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेलले बिकुले चारवटा वडालाई बिकु पूर्ण सदस्य वडा घोषणा गरेको नेपालमै पहिलो भएको बताउनुभयो । पूर्व अध्यक्ष पौडेलले १०८ भन्दा बढी जेष्ठ नागरिकहरूको आशीर्वादले अब संस्थालाई ऊर्जावान बनाउने विश्वास व्यक्त गर्नुभयो। पौडेलले भन्नुभयो ,“जीवनमा त्यस्तो दुईवटा साथी बनाउनुस जसले तपाईंको जीवन सफल हुन सक्छ। एउटा श्रीकृष्ण जस्तो र अर्को कर्ण जस्तो त्यसैले तपाईंले बिकुलाई आफ्नो साथी बनाउनुहोस, सुखदुखमा जहिले पनि साथ दिन सक्ने बताउनुभयो ।

सस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटाले ५० पैसा र २६ वटा सदस्यबाट सुरु भएको बिकु अहिले १ लाख ३० हजारभन्दा बढी सदस्य र ११ अरब भन्दा बढी पुँजी भएको बताउनुभयो। संस्थापक अध्यक्ष सापकोटाले संस्थाले बचत तथा ऋण मात्र नभई सामाजिक, धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र संस्थाको मन पनि ठूलो रहेको बताउनुभयो। चितवनबाट सुरु भएको सहकारीको यात्रा अहिले नवलपुरमा आधुनिक तरिका बाट बचत तथा ऋणको क्षेत्रमा नयाँ नयाँ प्रबिधीको सुरुवात गर्ने सहकारीको अभियानको रुपमा बिकुले लिड गरेको संस्थापक अध्यक्ष सापकोटाले बताउनुभयो।

कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले बिकु ३५ वर्षसम्म आइपुग्दा विभिन्न उतार चढाव पार गर्दैै यो स्थानसम्म आइपुगेको बताउनुभयो। उपप्रमुख कोइरालाले जुन बेलामा कोहीसँग केही थिएन, व्यवसाय गर्न साहु महाजनसँग ऋण मागेर काम चलाउनुपर्ने थियो भने अहिले कोहीसँग हात थाप्न पर्दैन सबै सदस्यहरूलाई आफ्नै परिवार सम्झेर बचत सँगै ऋण दिएको बताउनुभयो। कोईरालाले सबै दिदीबहिनीहरूले आफ्नो खर्च कटाएर बचत गर्ने बानीको विकास गर्न विकुले सिकाएको बताउनुभयो।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले चारवटा वडालाई समेटेर पूर्ण वडा सदस्य घोषणा गरेकोमा बिकुलाई बधाई दिनुभयो। नगरप्रमुख अधिकारीले विपन्न सदस्यलाई आत्मनिर्भर बनाउनको लागि सहकारीको जन्म भएको बताउनुभयो । गैंडाकोटका सहकारीलाई अनुगमन गर्न चुस्तदुरुस्त बनाउनको लागि नगरपालिकामा रहेको सहकारी शाखालाई जिम्मा लगाएको पनि नगरप्रमुख अधिकारीले बताउनुभयो। अधिकारीले भन्नुभयो “ देश तथा विदेशमा पनि ख्याति र्पुयाएको बिकु बचतले गैंडाकोटमा जन्मनु गैंडाकोट वासिको सौभाग्य भएको बताउनुभयो ।

बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले विकूले आगामी दिनमा वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउनेखालका कार्यक्रम गरिने बताउनुभएको छ । अध्यक्ष सापकोटाले आर्थिक रूपले अनुशासन जबसम्म कायम हुँदैन व्यक्तिको प्रगति हुँदैन समाजको प्रगति हुँदैन, त्यसैले आर्थिक रुपले अनुशासन हुन जरुरी रहेको बताउनुभयो। अध्यक्ष सापकोटाले अब वित्तीय कारोबार नजिकका जुनकुनै सहकारीबाट गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।
विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैर वित्तीय कार्यक्रम सञ्चालन गर्दैआएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरि विकूले विहान साविक मुकुन्दपुर क्षेत्रमा प्रभात फेरी गरेको थियो । बिकु पूर्ण सदस्य वडा घोषणा हुनुपूर्व हर्कपुर सेवा केन्द कृष्ण मन्दिरबाट सुरु भएको प्रभात फेरी भेडाबारी चोक हुँदै भित्री सडक बाट स्कुलचोक निस्केको थियो र त्यहाबाट अगाडि बढेर पितौजी चोकबाट भित्र नारायणि किनारको बाटो हुँदै फ्याक्ट्री देखि रत्नराजलक्ष्मी मावि निस्केको हो। बिद्यालयको साइडबाट भित्री सडक हुँदै कैलाश सन्यास आश्रम त्यसपछि बेल्लियाचोक हुँदै हर्कपुर पुगेको थियो । हर्कपुरबाट भित्रि सडक हुदै मालपुर पुगेर पुन: त्यहाबाट फर्केर हर्कपुर चोकमा आएर प्रभात फेरी समापन भएको थियो ।  विकूले १०८ स्थानीय ज्येष्ठनागरिकलाई सम्मान गर्नुका साथै कृष्णमन्दिर ज्येष्ठ चौतारी समूहलाई  भवन बनाइ हस्तान्तरण समेत गरेको विकू साकोसका मानविय स्रोत व्यवस्थापन विभाग प्रमुख मदन सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, संस्थाले भदौ ५ गते बार्षिकोत्सव बिशेष समारोह, व्यवस्थापन उपसमिति सदस्य स्तरीय खेलकुद म्युजिकल चियर, कर्मचारी स्तरिय नृत्य प्रतियोगिता र डिजीटल पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ भने संस्थाका सबै सेवा केन्द्रमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :