आजको राशिफल
मेष राशि :- शिक्षा तथा परीक्षामा अनुकूल परिणाम प्राप्त हुनेछ। आत्मविश्वास र उत्साह बढ्ने संकेत छन्।
वृष राशि :- बोलचालमा संयमता आवश्यक छ। व्यापार तथा शैक्षिक क्षेत्रमा सुधारको संभावना प्रबल छ।
मिथुन राशि :- वैदेशिक प्रयत्नमा सफलता मिल्नेछ। तथापि, नजिकका साथीहरूबाट धोका वा निराशा पर्न सक्ने देखिन्छ।
कर्कट राशि:-आर्थिक र धार्मिक गतिविधिमा उतारचढाव देखिन सक्छ। शिक्षा तथा राजनीतिमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ।
सिंह राशि :-परिवारको सहयोग प्राप्त हुनेछ। व्यापारिक क्षेत्र लाभदायक रहनेछ। परोपकारी कार्यमा संलग्न हुँदा सामाजिक प्रतिष्ठा बढ्नेछ।
कन्या राशि :- सम्पत्ति आर्जनको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तनाव सिर्जना हुन सक्छ। मानसिक खिन्नता बढ्ने सम्भावना छ।
तुला राशि :-आर्थिक कठिनाइको सामना गर्नुपरे पनि शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दीर्घकालीन योजनाले लाभ दिलाउनेछ।
वृश्चिक राशि :- विरोधीहरूको गतिविधि बढ्न सक्छन्, तर धैर्य अपनाउँदा स्थितिलाई नियन्त्रणमा ल्याउन सकिन्छ। वैदेशिक लगानी लाभदायक रहनेछ।
धनु राशि :-प्रशंसा र सम्मान बढ्नेछ। शैक्षिक अवसरहरू विस्तार हुनेछन्। धार्मिक विषयप्रति आकर्षण बढ्ने संकेत छन्।
मकर राशि :-दीर्घकालीन योजना तत्काल नबनाउनु उपयुक्त हुन्छ। ठूलो नाफाको सम्भावना कम भए पनि सामान्य कार्यहरू सहज रूपले अघि बढ्नेछन्।
कुम्भ राशि :-शिक्षा, स्वास्थ्य र श्रमसम्बन्धी क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक गतिविधि सामान्य रहनेछन्।
मीन राशि :-आफन्तको सहयोग प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिक पक्ष स्थिर रहनेछन्।





