single head

गैँडाकोटमा नगरपालिकामा शिक्षा समिति पुर्नगठन

single post top 1

गैँडाकोट। गैँडाकोट नगरपालिकाको नगर शिक्षा समिति पुर्नगठन तथा शिक्षा समितिको प्रथम बैठक मंगलबार सम्पन्न भएको छ ।

single p1

स्थानीय तहको निर्वाचन पछि गठित शिक्षा समितिमा मनोनीत सदस्यहरुको पदावधी समाप्त भए पश्चात् नगर शिक्षा समिति पुर्नगठन गरिएको शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । नव गठिन शिक्षा समितिको पदेन पदाधिकारीहरु अन्तरगत अध्यक्षमा नगर प्रमुख मदनभक्त अधिकारी, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद लामगादे, सदस्य सचिवमा नगर शिक्षा अधिकारी उपसचिव खेमप्रसाद आचार्य र सदस्यमा नेपाल शिक्षक महासंघ गैँडाकोट नगर अध्यक्ष शिवराज काफ्ले रहनुभएको छ ।

single p2

त्यसैगरी मनोनित सदस्यहरुमा निवर्तमान उपप्रमुख विष्णुकुमारी कंडेल, वडा नं ६ का वडा अध्यक्ष सुभाष चापागाईँ, वडा नं १२ का वडा अध्यक्ष चक्रपाणी कंडेल, नेपाल सरकार पूर्व उपसचिव दोलराज पाण्डे, कालिका नमुना मा.विका पूर्व प्रधानाध्यापक कमल सुवेदी, गैँडाकोट इङ्गलिस स्कुलका प्रधानाध्यापक हिरालाल अर्याल, नेपाल राष्ट्रिय शंसेर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई मनोनित हुनुभएको छ ।

नगर शिक्षा समितिमा मनोनित सदस्यहरुलाई नगरप्रमुख मदनभक्त अधिकारीले मंगलबार मनोनयन पत्र हस्तान्तरण तथा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, शिक्षा अधिकृत रामप्रसाद अधिकारी, प्राविधिक सहायक नेहाल गौतमको उपस्थिति रहेको थियो । साथै मंगलबार सम्पन्न प्रथम बैठकले नगर शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने, शैक्षिक गुणस्तर सुधार तथा आगामी कार्यदिशाका विषयमा विस्तृत छलफल भएको शिक्षा अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3