असोज १६,चितवन । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पौडेललाई समितिको अध्यक्षको जिम्मेवारी दिइएको हो।
भरतपुर महानगरपालिका–१२ निवासी पौडेल बैंकिङ क्षेत्रमा कार्यरत छन्। उनीसँगै नवराज तिमिल्सिना र अनिता खड्का अस्पताल विकास समितिको सदस्यमा नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारीले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै व्यवस्थापन, विकास तथा सेवा विस्तारमा आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाइएको छ।
संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको भरतपुर अस्पताल ६०० शय्याको क्षमतासहित चितवनको प्रमुख सरकारी अस्पतालका रूपमा सेवा प्रदान गर्दै आएको छ।
भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त









