single head

नेपाली कांग्रेस गैंडाकोट नगर समितिको सभापतिमा खेमराज सापकोटा चयन, सदस्य समिति सर्वसम्मत

single post top 1

गैंडाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गैंडाकोट नगर समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। नगर अधिवेशनबाट खेमराज सापकोटा सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।

single p1

अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापति चयन हुनुभएको छ। त्यस्तै हर्कबहादुर घर्ती सचिव तथा रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन हुनुभएको छ।

single p2

समितिमा युवा तथा समावेशी प्रतिनिधित्वलाई समेत समेटिएको छ। आशिका कोइराला, दिपेश नेपाली र विकल सापकोटा ३५ वर्षमुनिको युवा समूहबाट तथा निर्मला रामदाम दलित महिला र भद्रबहादुर दमाई दलित खुलातर्फ चयन हुनुभएको छ।

नगर कार्यसमितिमा गैंडाकोट नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ।वडा नं. १: देवीकला सापकोटा कँडेल, शेखरनाथ पोखरेलवडा नं. २: पार्वतीदेवी शर्मा गौडेल, गोपालप्रसाद अधिकारीवडा नं. ३: टेकप्रसाद रिमाल

वडा नं. ४: मञ्जुदेवी शर्मा, दीपक रिमाल

वडा नं. ५: वी. कँडेल सापकोटा, राजेन्द्र अधिकारी

वडा नं. ६: मायादेवी ठकुरी, मोतीप्रसाद अधिकारी

वडा नं. ७: देवीकला सापकोटा कँडेल, उमनाथ शर्मा

वडा नं. ८: विष्णुकुमारी मल्ल रिमाल, द्रोणराज सापकोटा

वडा नं. ९: गमता भट्टराई पाण्डे, नन्दलाल कँडेल

वडा नं. १०: अन्जु श्रेष्ठ, रामचन्द्र काफ्ले

वडा नं. ११: भोजबहादुर महतो

वडा नं. १२: अमृता पौडेल, सुरेन्द्र ढुंगाना

वडा नं. १३: लोकमाया खत्री, गोकुल प्रसाद पौडेल

वडा नं. १४: जुक्त कुमारी पौडेल, भीमप्रसाद रेग्मी

वडा नं. १५: सरस्वती तिमिल्सिना, विजय खराल

वडा नं. १६:

वडा नं. १७: तुलकुमारी थापा, अम्बिका भट्टराई

वडा नं. १८: टंकमाया सोती, लालसिं सारु रहेका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तगर्त बुधबार ५१२ स्थानीय तहमा गाउँ-नगर अधिवेशन भएको जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले पालिका अधिवेशनअन्तर्गत ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन भएको जानकारी प्राप्त भएको बताएको छ।

समितिले बाँकी रहेका २४१ पालिकामा बिहीबार र शुक्रबार पनि अधिवेशन जारी रहने जनाएको छ

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3