single head

गैंडाकोटमा आश्विन ९ गते रक्तदान कार्यक्रम हुने, सहभागी हुन नेपाल फार्मेसी संघ नवलपुरको अपिल

single post top 1

​असोज ७ , गैंडाकोट, नवलपुर । नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा आगामी आश्विन ९ गते रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति नवलपुरले आज एक विज्ञप्ती निकाल्दै पछिल्लो समय अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूमा देखिएको रगतको अभावलाई सम्बोधन गर्ने उद्देश्यले संघले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको बताएको छ । ​संघका महासचिव दिनेश भुसालका अनुसार गैंडाकोटस्थित कालीगण्डकी करिडोर प्रवेश मार्गमा आयोजना हुने सो कार्यक्रम बिहान ८ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ। ​रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस पुनित कार्यमा सहभागी भई अमूल्य रक्तदान गर्न संघले सम्पूर्ण संघसंस्था, युवा, समाजसेवी तथा आम सर्वसाधारणमा हार्दिक अनुरोध समेत गरेको छ। ​अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा सक्रिय सहभागिताको अपेक्षा गरिएको महासचिव भुसालले बताउनुभयो।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3