साउन १५ को अवसरमा गणेश ज्ञान ज्योति पब्लिक हाइ स्कुलका विद्यार्थीले पकाए खीर

Article Inline top 1

बुटवल। साउन १५ अर्थात् राष्ट्रिय खीर दिवसको अवसरमा गणेश ज्ञान ज्योति पब्लिक हाइ स्कुलका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले खीर पकाएर खाने तथा बाँडेर खाने कार्यक्रम सम्पन्न गरेका छन्। शुक्रबार विद्यालय परिसरमा कार्यक्रम भएको थियो ।
विद्यालयमा सामाजिक अध्ययन विषयअन्तर्गतको ‘हाम्रो संस्कृति र रीतिरिवाज’ पाठलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले विद्यार्थीहरूले आफैं खीर पकाएर कार्यक्रम गरेका हुन्। ‘Learning by Doing’ (गरेर सिक्ने) सिद्धान्तलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले सामूहिक रूपमा खीर तयार पार्नुका साथै एकआपसमा बाँडेर खाएका थिए।
नेपाली समाजमा खीरको सांस्कृतिक तथा स्वास्थ्यवर्धक महत्व रहेको सन्दर्भलाई विद्यार्थीहरूले प्रत्यक्ष अभ्यासमार्फत बुझ्ने अवसर पाएका छन्। किताबमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै नेपाली मौलिक संस्कृति, परम्परा तथा रीतिरिवाजको संरक्षण र पुस्तान्तरणमा यस्ता व्यवहारिक गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।


कार्यक्रमका  विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक तथा प्रयोगात्मक सिकाइसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृति र परम्पराप्रति परिचित गराउनुका साथै सहकार्य, आत्मनिर्भरता र सामूहिक भावनाको विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
विद्यार्थीहरूले आफैं खीर पकाएर र बाँडेर खाँदा साउन १५ को सांस्कृतिक महत्वसँगै नेपाली मौलिक परम्परा र संस्कृतिबारे व्यवहारिक ज्ञान प्राप्त गरेको अनुभव गरेका थिए। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको सिकाइलाई व्यवहारिक र सिर्जनात्मक बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :