single head

साउन महिनाको पहिलो सोमबार गैँडाकोटका शिवालय मन्दिरहरुमा भक्तजनको घुँइचो

single post top 1

गैँडाकोट । साउनको पहिलो सोमबार आज गैँडाकोटका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन काठमाडौँमा पशुपतिनाथ, गैँडाकोटका शिवालय मन्दिरहरु लगायतका देशैभरका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

single p1

बिहानैदेखी १०८ शिवलिङ्ग रहेका स्थानहरु गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रम, गैँडाकोट ७ स्थित हरिहर मन्दिर, गैँडाकोट ४ स्थित कोटेश्वर मन्दिर, गैँडाकोट २ स्थित गोपेश्वर मन्दिर, कैलास सन्यास आश्रम, गैँडाकोट १७ स्थित त्रिपुरेश्वर हरिहर मन्दिर, मौलाकालिका मन्दिर लगायतका स्थानमा भक्तजनको भिंड लागेको छ । मन्दिरहरुमा भक्तजनको घुईंचो व्यवस्थापनमा मन्दिरहरुको सक्रियता रहेको छ ।

single p2

साउन महिनाको सोमबारको अवसरमा  पुजा आराधना सँगै संर्कितन, किर्तन गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3