काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई फलदायी र सार्थक भएको बताउनुभएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो भेटवार्ता गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सम्भावनाबारे छलफल भएको संकेत गर्नुभएको छ।
“आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टासम्म अत्यन्त फलदायी र सार्थक वार्ता गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ,” लामिछानेले लेख्नुभएको छ।उहाँले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ।





