spot_img

Tuesday, April 28, 2026

मङ्गलबार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा वर्षा हुने

वैशाख १४ काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

मौसमविद्काअनुसार  मङ्गलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको छ । मङ्गलबारकै दिन कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित भारी पानी पर्ने सम्भावना छ ।”

यसैगरी बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना छ । कोशी र मधेश प्रदेशको एक, दुई ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा भारी पानी पर्ने सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :