spot_img

Wednesday, November 19, 2025

आज बालाचतुर्दशी ,शतबीज छर्ने दिन / देशभरका शिवालय मन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो

मङ्सिर ३ काठमाडौँ । आज बालाचतुर्दशीको दिन देशभरका शिवालय र शिवमन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो लागेको छ।

काठमाडौँको पवित्र पशुपती क्षेत्रमा हिजो साँझदेखि नै जाग्राम बसेर आज विहान शतबीज छर्नेहरुको घुइँचो लागेको हो ।यसैगरी, देवघाटमा पनि शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् ।

देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् ।शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताउनुभयो ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :