single head

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने

single post top 1

मङ्सिर १,काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा प्रयोग गर्ने व्यवस्था गरेको छ। निगमले मङ्सिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई वैकल्पिक विमानस्थल (अल्टरनेटिव एयरपोर्ट) का रूपमा प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएको हो।

single p1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा मौसम, भीडभाड वा अन्य कारणले अवतरण असम्भव हुने घटनामा जहाज भारततर्फ डाइभर्ट हुँदै आएकोमा अब भैरहवा प्रयोग गर्दा उल्लेखनीय खर्च कटौती, उडान समय बचत र थप सञ्चालनगत सहजता मिल्ने निगमको विश्वास छ।निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, भैरहवाका अतिरिक्त पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सम्भावित ‘अल्टरनेटिव एयरपोर्ट’ का रूपमा अध्ययन गर्ने प्रक्रिया थालिएको छ।

single p2

उडान सुरक्षालाई प्राथमिकता दिँदै आन्तरिक पूर्वतयारी तथा आवश्यक प्राविधिक मूल्यांकन तत्काल अघि बढाइने जनाइएको छ। निगमले वैकल्पिक विमानस्थल विस्तारको कदमलाई नियमित उडानको विश्वसनीयता वृद्धि र आपत्कालीन स्थिति व्यवस्थापनमा महत्वपूर्ण थप मजबुतीका रूपमा लिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3