spot_img

Wednesday, October 22, 2025

गैँडाकोटमा ३ महिने आधारभूत फुटबल प्रशिक्षण सम्पन्र

गैँडाकोट । गैँडाकोटमा ३ महिने आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्र भएको छ । गैडाकोट खेलकुद समितिको आयोजनामा भएकोे आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम गैडाकोट क्षेत्रीय रंगशालामा भएको थियो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष प्रेम सपकोटाले खेलकुदको विकासका लागि सानैदेखि खेलकुदमा सक्रिय सहभागिता जनाउन सकियो भने भविष्यमा राम्रो खेलाडी बन्न सकिने विचार व्यक्त गर्नुभयो । साथै वडाकार्यलायले ५५ जना खेलाडीको लागि १ लाख बराबरको  दुर्घटना विमा (इन्सुरेन्स) गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट छात्र पुरस्कार वडा नं. ८ का साइमन लामा र उत्कृष्ट छात्रा वडा नं. ५ का दुर्गा परियार  त्यसैगरी उत्कृष्ट अभिभावक छात्रा वडा नं. १ का अमिसा आले र वडा नं. ५ का जेनी थापा मगरलाई प्रदान गरिएको थियो ।


गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले खेलाडीहरुको दक्षता बढाउनका लागि  प्रशिक्षण तालिम सफलतापुर्वक सम्पन्र गरेको बताउनुभएको थियो । अध्यक्ष कार्कीले प्रशिक्षणमा छात्र र छात्रा गरि ६० जनाको सहभागिता रहेको बताउनुभयो ।

प्रशिक्षकका रुपमा प्रसान्त रेग्मी, सुभाष तामाङ्ग, अनमोल विक, अकित सुनार, आश गुरुङ, शिसिर श्रेष्ठ र सृजना रेग्मी रहनुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष रमेश तिवारी, सचिव प्रकाश पौडेल, गजेन्द्र वम, सुमन पण्डित, ईश्वरी खत्री ,दल बहादुर राना लगायतका खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :