आजको राशिफल (वि. सं २०८२ साउन २५ गते आइतबार, भाद्र कृष्णपक्ष प्रतिपदा तिथि )

arthik side 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन शुभ रहनेछ। अवरोधहरू हट्नेछन्, सहयोग प्राप्त हुनेछ, र व्यवसायिक लाभ मिल्नेछ। नयाँ योजनाहरूको थालनीको अवसर जुर्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्यमा सुधार आउनेछ, रोकिएको धन हात पर्ने सम्भावना छ। मेहनत अनुसारको सफलता पाइनेछ, र मित्र-परिवारको सहयोगले मनोबल उच्च हुनेछ।

Article Inline 2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिश्रित दिन रहनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ, जसले कार्यक्षमता घटाउन सक्छ। काममा ढिलाइ भए पनि व्यवसायमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समस्याहरू दोहोरिन सक्छन्, समयमै काम सम्पन्न नहुन सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोस्, विशेष गरी यात्रामा सावधानी अपनाउनु होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा सुधार आउनेछ, रोकिएका कामहरू बन्नेछन्, आर्थिक रूपमा फाइदा हुने संकेत छ। सामाजिक सहयोग प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजनाहरू अघि बढ्नेछन्, धार्मिक कार्यमा मन जानेछ। पारिवारिक यात्रा र आत्मविश्वास वृद्धि हुने दिन रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन सामान्य रहनेछ। बोलीमा ध्यान दिनुहोस्, यात्रामा सतर्कता अपनाउनुहोस्। धार्मिक तथा सामाजिक गतिविधिमा समय खर्च गर्दा लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू बन्नेछन्, नयाँ अवसरहरू आउनेछन्। धार्मिक गतिविधिहरूप्रति रुचि बढ्नेछ, र आत्मबल उच्च रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) शैक्षिक तथा व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ, लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पढाइमा ध्यान केन्द्रित हुनेछ, नयाँ कार्यको थालनी हुनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ, आर्थिक योजनामा सतर्क रहनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आजको दिन विशेष सकारात्मक रहनेछ। सफलता मिल्नेछ, स्वादिष्ट भोजनको अवसर जुर्नेछ, र स्वास्थ्यमा सुधार आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सावधानी अपनाउनु पर्ने दिन। खानपानमा ध्यान दिनुहोस्, व्यापारमा ठूलो प्रगति हुने सम्भावना कम छ। यात्रामा सतर्कता आवश्यक छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :