जेठ २७ गैंडाकोट। अत्याधिक गर्मी बढेपछि गैंडाकोट नगरपालिकाले गैंडाकोटका विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाको पठनपाठनमा समेत समस्या भएको भन्दै नगरले भोलि बुधबार २८ गते देखि जेठ ३० गते शुक्रबार सम्म विद्यालयलाई बिदा दिएको हो । वर्षे बिदाबाट समायोजन हुनेगरी विद्यालयहरुमा गर्मी बिदा दिइएको नगर प्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो ।
कमेन्ट :