single head

नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा छ – परराष्ट्र मन्त्रालय

single post top 1

बैशाख २६,काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे परराष्ट्र मन्त्रालयले गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले बिहिबार  एक बिज्ञप्ति जारी गर्दे नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको जनाएको छ ।

single p1

बिज्ञप्तिमा भनिएको छ -भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ।

single p2

बिज्ञप्तिमा भनिएको छ- यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन । नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3