single head

सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजस्वको क्षेत्र व्यापक छ -सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

single post top 1

 वैशाख १९ काठमाडौँ । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजस्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ ।

single p1

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताउनुभयो ।

single p2

सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजस्व उठ्ने गरेको बताउनुभयो । उहाँले राजस्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने जानकारी दिनुभयो सङ्घ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजस्व उठाउन सकिने उहाँको भनाइ छ । उहाँले हुलाक सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गरी सेवा दिने तयारीमा सरकार रहेको बताउनुभयो । डिजिटल सेवा सबैभन्दा सजिलो छिटो र भरपर्दो भएकाले सबैले विश्वास गर्ने उहाँको भनाइ छ ।

‘‘विज्ञापनको बजार अहिले ३० अर्बभन्दा बढीको छ । विज्ञापन बोर्ड बनाएपछि बल्ल दुई तीन अर्ब राजस्व उठेको छ । हामीले राम्रोसँग काम गर्ने हो भने पोलिसी राम्रो बनाउनु पर्ने छ । ऐन सुधार गर्नुपर्ने छ । त्यसो गरियो भने र सङ्घ प्रदेश र स्थानीय तहका राम्रोसँग समन्वय गरेर काम गर्‍यो भने केही वर्षभित्र २५ देखि ३० अर्ब विज्ञापन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ ।,’’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘‘हुलाक सेवाको त्यो अविगत छ, हुलाक सेवालाई डिजिटल गर्ने र त्यसलाई इकमर्समा लैजाने हो भने सबैभन्दा धेरै विश्वासिलो संस्थाको रूपमा कुरियर सर्भिस हुलाक सेवालाई स्थापना गर्न सकिन्छ । त्यहाँबाट कमाउने सकिने स्थिति छदैछ । यसलाई पनि हामी त्यस अनुरूप लैजाँदैछौँ । हाम्रो आम्दानीको सेक्टर यति धेरै छ कि हामीले काम गर्न सकिरहेका छैनौँ ।’’

मन्त्री गुरुङले फाइभजी सेवालाई आगामी आर्थिक वर्षदेखि विस्तारको सुरुवात गर्ने बताउनुभयो । उहाँले पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट सेवा सुरु गर्ने जानकारी दिनुभयो । हालको नीतिले सूचना प्रविधिको क्षेत्र विस्तारका लागि समस्या देखिएको बताउनुभयो । उहाँले एक वर्षभित्र सूचना प्रविधिको क्षेत्रमा आवश्यक सबैप्रकारका ऐन तथा नीतिहरू परिवर्तन गरी नयाँ बनाइने बताउनुभयो । अहिले फाइभजी र एआई सबैको प्राथकिताको क्षेत्र बनेकाले प्रभावकारी कार्यान्वयनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3