single head

चितवनका बुद्धिसागर सुवेदीको एनआरएनए महासचिवमा उम्मेदवारी दिने

single post top 1

चितवन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औं महाधिवेशनमा बुद्धिसागर सुवेदीले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मे ३ देखी ५ सम्म हुन लागेको एनआरएनएको एकता अधिवेशनमा सुवेदीले योजना र प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् ।

single p1

उनी एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। उनको कार्यकालमा संस्थाको भवन बनेको थियो। सुवेदी अमेरिकाका सफल व्यवसायी हुन्। आफ्नो उम्मेदवारी र अभियान बोकेर सुझाव संकलन गर्दै छलफल र भेटघाट गरिरहेको उनले बताए। सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्न आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उमेदवारी रहेको बताएका छन्।

single p2

सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका थिए। वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरू र सरकारसँग आवश्यक संवादमार्फत कार्यान्वयन गराउन, महिला, युवालगायत दोस्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने उनले बताए। एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए। चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए। उनले अमेरिका र नेपालमा ठूलो लगानी गरेका छन्। सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डमलगायतका होटल र सुपरमार्केटहरू सञ्चालन गरिरहेका छन्। अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएको उनले बताए। सुवेदीले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन्। भैरहवामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टमा उनीसहितको समूहले लगानी गरेको छ।

बद्री केसी समूहले सन् २०२३ अक्टोबरमा अनलाइन भोटिंग योजनाबद्ध धाधलीको भएको भनि सर्वोच्चले पुनः निर्वाचनको लागि आदेश दिएपछि महाधिवेशन हुन लागेको हो । राजेन्द्र कुमार )आर.के ) शर्मा, डा. केशब पौडेल तथा चिन्तामणि सापकोटाले दायर गरेको रिट दायर गरेका थिए । निर्वाचित भएर आफुहरुनै वैधानिक भएको दावी गरेका केसी समूहलाई अदालतले मान्यता नदिएपछि एकता महाधिवेशन गराउन पूर्व अध्यक्ष शेष घलेको सयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको हो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3