spot_img

Tuesday, July 28, 2026

फोर नेसन्स वूमन्स च्याम्पियनसिपको उपाधि म्यानमारले जित्यो

 फागुन १४ काठमाडौँ । फोर नेसन्स वूमन्स च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाललाई २-० गोलले हराउँदै म्यानमार च्याम्पियन बनेको हो । म्यानमारको जितमा यु पर खिनले गोल गरिन् । खेलको ६२ औं मिनेटमा खिनले गोल गरेकी हुन् । नेपाली डिफेन्सलाई बिट गर्दै लगेकी उनले लेफ्ट साइडबाट प्रहार गरेको बल सिधै गोल हुन पुग्यो । नेपालका गोल किपर एन्जिला सुब्बाले कुनै मौका नै पाइनन् ।

६४ औं मिनेटमा म्यानमारले अग्रता दोब्बर पार्यो । कप्तान विन थेङ्गी तुनले प्रहार गरेको बल नेपालका डिफेन्डरलाई लागेर गोल हुन पुग्यो ।खेलको इन्जुरी समयमा साबित्राले फ्रीकिकबाट प्रहार गरेको बललाई म्यानमारकी गोलकिपर म्यो म्या म्या नेविनले पन्च गरेर बाहिर पठाइन् ।

१५,५६८ दर्शकले खचाखच भरिएको रंगशालामा नेपालले पुनः उपाधि खडेरी अन्त्य गर्ने मौका गुमायो । १२ पटक विभिन्न प्रतियोगिताको फाइनल खेलेको नेपाल आजको फाइनलमा पनि अभागी साबित भयो । प्रतियोगितामा नेपाल र म्यानमारसँगै किर्गिस्तान र लेबनान पनि सहभागी थिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :