सुर्य प्रकास भुसाल,गैंडाकोट,नवलपुर । हिन्दुहरुको महान पर्व महा शिबररात्रीको पावन अवसरमा गैंडाकोट ७ गैरीमा रहेको श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रमले वैदिक बिधि बिधान अनुसार भगवान शिबको पुजा अनुष्ठान तथा बिबिध धार्मिक गतिविधि सहितको कार्यक्रम गर्ने भएको छ ।
यहि फाल्गुन १४ गते शिव रात्रीको दिन रुदाभिषेक ,भजन कृतन ,सन्ध्या आरति र दीप प्रज्वलनको कार्यक्रम रहेको मन्दिरले जनाएको छ
पछिल्लो समय मन्दिरले विभिन्न धर्मिक कार्यहरु गरि चर्चा कमाइरहेको छ । धार्मिक सामाजिक जागरण र विश्व शान्तिको कामना गर्दै हरेक हप्ताको सोमबार मन्दिर परिसरमा सामूहिक सन्ध्या आरति समेत हुँदै आएको छ जसमा स्वदेश देखि बिदेश सम्म छरिएर रहेका स्थानियको उल्लेखनीय सहयोग देखिन्छ ।धार्मिक पर्यटनको रूपमा विकास गर्नका लागि हरिहर मन्दिर पमानन्द सन्यास आश्रमले विभिन्न चाड ,पर्व ,मेला र उत्सवहरुमा फरक फरक कार्यक्रम गर्दै आएको र यसैको एउटा निरंतरता
स्वरुप आगामि महाशिव रात्रीको कार्यक्रम रहेको मन्दिरका सह सचीव भानु सापकोटाले जानकारी दिनुभएको छ ।
हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैंडाकोट ७ जहाँ नेपालकै ठूलो परमेश्वर महाशिब लिङ र नर्मदेश्वर नदिका १०८ शिबलिङग सस्थापित छन ।