आठौ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता भरतपुरमा हुने

banner 1

चितवन : आठौ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता भरतपुरमा हुने भएको छ ।

शनिबार भरतपुरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १७ गतेदेखि २० गते सम्म  आठौ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता चितवनको भरतपुरमा हुने जानकारी गराएको हो ।

Article Inline 2
प्रतियोगिता भरतपुर १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रमुख प्रवर्धकको रुपमा भरतपुर महानगरपालिका रहने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानकी अध्यक्ष थापा मगरको भनाई रहेको छ  ।

प्रतियोगितामा नयाँ तथा पुराना सबै कलाकारले भाग लिन पाउने छन् । प्रतिष्ठानले चितवनमा पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो । यसभन्दा अघी काठमाडौं, बुटवल, धादिङ लगायतका जिल्लाहरुमा दोहोरी प्रतियोगिता आयोजना गरिसकेको छ । ८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा स्वदेश तथा बिदेशमा रहेका करिब पचास लाख नेपाली दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको अध्यक्ष थापा मगरको भनाई छ   ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :