single head

शारदानगर बखान च्याम्पियनसिपको सेमिफाइनलमा

single post top 1
 माघ २४ चितवन । शारदा युथ क्लब शारदानगर तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न पहिलो क्वाटरफाइनलमा स्टार स्पोर्टस क्लब माडीलाई पराजित गर्दै शारदानगरले सेमिफाइनलमा स्थान बनाएको हो ।

बखान मिनी रगंशालामा भएको खेलमा शारदानगर २-० ले विजयी भयो । उसको जितमा दोस्रो हाफको दोस्रो मिनेटमा अश्विन तामाङले गोल गरे । दोस्रो हाफको १२ औं मिनेटमा मन्नु कुमालले माडीका गोलरक्षक केशर कोइरालाको गल्तीको फाईदा उठाउदै गोल गरे । शारदानगरका अश्विन प्लेयर अफ दि म्याच बने ।

single p1

प्रतियोगितामा शुक्रबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । जसमा सूर्यपुर फुटबल क्लब कालिका र गैंडाकोट फुटबल क्लब भिड्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।  फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3