single head

सरकारले देशभरका विभिन्न स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्यो

single post top 1

माघ ११,काठमाडौँ । सरकारले देशभरका विभिन्न स्थानीय तहमा निमित्त भइ कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।सरकारको निर्णयसँगै देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहको जिम्मेवारी रद्द भएको छ।

single p1

मन्त्रीस्तरीय निर्णय बिहीबारबाट कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए। धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो।

single p2

पदीय दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको मन्त्री गुप्ताले बताए। ‘हामीले देशभरका १३ जना निमित्तलाई हटाएका छौँ,’ उनले भने, ‘यसअघिका मन्त्रीले राख्न दिएकालाई हामी मन्त्रालयमा आएलगत्तै एउटा नीतिगत निर्णय गरेका थियौं। सकभर निमित्त नदिने, दिनै परे सिनियरलाई दिने।’

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3