single head

रवि लामिछानेका समर्थकले चितवनमा गरे प्रदर्शन

single post top 1

कार्तिक ५, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले चितवनमा सोमबार प्रदर्शन गरेका छन्।

single p1

प्रदर्शनका क्रममा रास्वपाका कार्यकर्ताले वर्तमान सरकारको दाहसंस्कार नै गरेका छन् ।

single p2

भरतपुरको चौबीसकोठीबाट सुरु भएको प्रदर्शनमा सांकेतिकरुपमा सरकारको शव बोकेर नारायणी नदीको मुलमाथिबाट नदीमा फालेर बगाइदिएका हुन्।

सहकारी ठगीको आरोपमा रवि लामिछानेलाई फसाएर वास्तविक सहकारी ठगलाई उन्मुक्ति दिने काम वर्तमान सरकारबाट भएको उनीहरुको आरोप छ।

सरकार मरेकोले रास्वपाले दाहसंस्कार गरेको रास्वपा चितवनका सभापति कृष्ण भुसालले बताए। निर्दोष व्यक्तिलाई फसाएर वास्तविक ठगलाई जोगाउने काममा सरकार लागेकोले सांकेतिकरुपमा विरोध प्रदर्शन गरेको उनको भनाइ छ। सरकारले गलत कदम चालेको हुँदा पछि नहटे रास्वपाले सडक संघर्ष गर्न पनि पछि नपर्ने उनले चेतावनी दिए।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3